३९ जना बोकेर क्वारेन्टाइन हिँडेको टिप्पर नदीमा खस्यो,चार जनाको शव निकालियो

नवीन शर्मा/ईमेज

दैलेख । कालिकोट जिल्ला रास्कोट नगरपालिकाको ना८ख ५१३३ नम्बरको टिप्पर लालीघाटमा दुर्घटना हुँदा ३६ जना कर्णाली नदीमा बेपत्ता भएका छन् ।

भारतबाट आएका रास्कोट नगरपालिकाका नागरिकलाई लालीघाटदेखि रास्कोटसम्म पुर्‍याउन टिप्पर गन्तब्यतिर जाँदै थियो ।

यात्रामा रहेकाहरुले सवारी चालकलाई, ‘मलाई पनि गाडी चलाउन आउँछ, गाडी छिटो चला’, भन्दै धम्काएर टिप्पर चालकलाई कुटपिट गरेका थिए । स्थानिय नागरिकका अनुसार गाडी चालक र क्वारेन्टाईनमा बस्नका लागि रास्कोटतर्फ जाने नागरिकहरुबीच झडप भएको थियो ।

विस्तृत विवरण आउन भने बाँकी रहेको छ । नेपाल आर्मी, जिल्ला प्रहरी कार्यालय कालिकोटको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

बेपत्ता मध्ये चार जनाको शव स्थानीयले सडक छेउमै ल्याइसकेका छन् । अन्य ३२ जना कर्णाली नदीमा बेपत्ता छन् । imagekhabar.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार