भारतलाई प्रधानमन्त्री ओलीको जवाफ : नेपाल हेपिन तयार छैन्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैसँगपनि हेपिन तयार नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालबारे गरेको टिप्पणीबारे सांसदले सोधेको प्रश्नमा उनले भने,’योगीले नेपाललाई धम्क्याउने खोज्नु भएको हो भने त्यो उचित होईन् । उहाँ भारतको केन्द्रीय सरकारको निर्णायक व्यक्तिपनि होइन । बोल्नुभएको हो भने आलोच्य विषय हो । निन्दनीय विषय हो । हामी यसलाई नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैन् । र, हेपिन मान्दैन् ।’

कालापानी क्षेत्रमा भारतले  सेना राख्नु भनेको कब्जा गर्नु हो भन्दै ओलीले भने, हामी कूटनीतिक वार्तामार्फत समाधान खोज्छौं र त्यो भनेको हाम्रो भूमि फिर्ता हुनुपर्छ ।’ तस्विर : संघीय संसद सचिवालय। Reportersnepal. Com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार