गाँउपालिकाले लगायो शिक्षक प्रवेशमा

सोलुखुम्बुको माप्यदूधकोशीगाँउपालिकाले जिल्ला बाहिरका शिक्षकहरुलाई तत्काल गाँउपालिका प्रवेशमा रोक लगाएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाईरस सङ्क्रमण जोखिम कम गर्न नेपाल सरकारले लागु गरेको लकडाउनको समयावधिमा जिल्ला बाहिर रहेका शिक्षकहरुलाई अर्को सूचना जारी नहुन्जेलसम्म प्रवेशमा रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत दिनेश राईद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

सरकारले शैक्षिक संस्था खलाउने निर्णय पनि नगरेको र कोरोनाको बढ्दो संक्रमणलाई समेत ध्यानमा राखेर यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार