सोलुखुम्बुको फाप्लु अस्पतालले आजबाट सम्पुर्ण स्वास्थ्य सेवा सुचारु गर्ने भएको छ । अस्पतालमा उपचाररत सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका २७ वर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालले स्वास्थ्य सेवा प्रवाहको काम बन्द गरेको थियो ।
कोरोना संक्रमित युवकको उपचारमा संलग्न स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएको र क्वारेन्टीनको १४ दिन अवधि पुरा भएकाले अस्पतालका अवरुद्ध सेवा बिहिबारदेखि सुचारु गर्ने अस्पताल प्रशासनले जनाएको छ ।
जेठ १५ देखि अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो ।