लुरामा आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–४ लुरामा आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको छ ।
नगरपालिकाका मेयर जाम्गेलजाङबु शेर्पाले एक कार्यक्रमकाबिच चार कोठे एक तले भवनको शिलान्यास गर्नुभएको हो ।

नगरपालिकाको बहुपक्षीय योजनामा समावेश भवन कबिर ३८ लाख रुपियाँकोे लागतमा निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ ।

शिलान्यासका अवसरमा मेयर शेर्पाले भवन निर्माणपछि आवश्यक औषधि, उपकरण र दक्ष जनशक्ति व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । जनताको स्वास्थ्य सबै भन्दा महत्वपूर्ण भएकाले आफ्नो कार्यकालमा स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने भएपछि स्थानीयमा खुशी छाएको छ । भवन निर्माण तथा सेवा सञ्चालनमा आएपछि त्यसक्षेत्रका करिब ५० घरधुरीले गाउँमै आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार