काठमाडौं । सरकारले ६७ उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने भएको छ, नेपाल वायुसेवा निगम र हिमालयले ४३ उडान गर्नेछन् भने विदेशी एयरलायन्सले २४ उडान गर्नेछन्, उद्धार उडानको भाडादरसमेत तय गरिएको छ ।
सरकारले आगामी ३२ जेठ आइतबारदेखि ११ असारसम्म विदेशमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । नेपाली र विदेशी एयरलायन्सले गरेर ६७ वटा उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो ।
मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई ३२ जेठबाट हुने विस्तृत उद्धार तालिका बुधबार नै पठाएको छ ।
गन्तव्य अनुसारको भाडा (डलरमा)
दमाम(साउदीअबर) ५९०
रियाद ६३०
जेद्हा ७७०
जोर्डन ८१५
साइप्रस ८७५
नारिता ९३५
खार्तुन९सुडान० ९४०
फ्रयाङकफर्ट १२५५
लन्डन १३४०
बांगलादेश १६५
नयाँ दिल्ली २०५
मुम्बइ ३१०
बैगलोर ३३५
बैंकक ३९०
कम्बोडिया ४००
दुबइ ५००
आवुदाबी ५००
सारजाह ५००
माल्दिभ्स ५०५
ओमन ५१०
क्वाललम्पुर ५२०
दोहा ५४५
बहराइन ५४५
हङकङ ५५०
कुवेत ५७०