सरकारविरुद्ध प्रदर्शनः पारदर्शिताको खोजी गर्नेमाथि लाठी, अश्रुग्याँस र पानीको फोहोरा

काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा जुटेकाहरुमाथि प्रहरीले धरपकड, लाठी प्रहार, अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तथा कोरोना महामारीमा सरकार कमजोर भूमिका बारेमा विरोध जनाउन काठमाडौंमा जुटेका युवाहरुमाथि प्रहरी जाइलागेको हो ।

बालुवाटार र नक्साल क्षेत्रमा बिहीबार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । ठूलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास तथा पानीको फोहोरा प्रहार गरेको हो ।

पदर्शन नियन्त्रणमा लिन प्रहरी लाठी प्रहार गर्दा केही प्रदर्शनकारी घाइते पनि भएका छन् । एमसीसीको विरोधमा बिहीबार विभिन्न स्थानमा युवाहरु प्रदर्शनका लागि एकजुट भएका थिए ।

प्रदर्शनकाकारीले ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होशियार, प्रहरी हस्तक्षेप बन्द गर’ जस्ता नारा पनि लगाएका छन् ।

भ्रष्टाचारको संरक्षणमा सरकार जुटेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । जनतालाई न्याय सुनिश्चित गर्न उनीहरुको माग छ । उनीहरुले कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास कमजोर भएकोमा प्रदर्शनकारी आक्रोशित देखिएका छन् । लकडाउनका बेला पनि कर लगाइएको भन्द्यै उनीहरुले नाराबाजी गरेका छन् ।

चैत ११ मा लकडाउन घोषणा गरेयता यति धेरै संख्यामा मानिस जुटेर प्रदर्शन गरेको यो पहिलो पटक हो ।imagekhabar. Com bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार