सन्तोष राउत/सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले नगर कार्यपालिका बैठकमा अचानक भएको घटनाबाट सृजित अवस्थालाई सहज बनाउन जिम्मेवार पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।
गएको मंगलबार बैठकमा उपमेयर र नगर प्रवक्ताबिच अचानक हात हालाहालको स्थिती उत्पन्न भई बैठक समेत अवरुद्ध भएकोप्रति दुःख व्यक्त गर्दै मेयर शेर्पाले तत्काल बैठक स्थगित गरी समाधानको पहल थालेको बताउनुभएको छ ।
आज विज्ञप्ती जारी गर्दै मेयर शेर्पाले नगरबासीको चाहाना पूरा गर्नु जनप्रतिनिधिको मुख्य कार्यभार भएकाले दुवै जिम्मेवार जनप्रतिनिधिबाट विशिष्ट भूमिका निर्वाह गर्दै सहज वातावरण सिर्जना गर्ने विश्वास लिनुभएको छ । संवादबाट नै समाधानको बाटो खोज्नुपर्ने भएकाले निरन्तर पहल भइरहेको विज्ञप्तीमा उल्लेख छ ।