सोलुखुम्बुमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

सन्तोष राउत/ सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ केरुङस्थित शिकारी डाँडामा विद्युतको पोल बोकेर गुडिरहेको ट्रक दुर्घटना हँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

विराटनगरबाट नेपाल विद्युत प्राधिकरणको विद्युतीय पोल बोकेर सोलुखुम्बु आउँदै गरेको ना २ ख ८८४३ नम्बरको ट्रक शुक्रबार बेलुकी पौने पाँच बजे दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेनद्र दर्नालले जानकारी दिनुभयो ।

उदपयुरको कटारी नगरपालिका–११ बासबारीका अन्दाजी २९ बर्षिय कुमार परियारको ज्यान गएको हो । मृतकको शब जिल्ला अस्पताल फाप्लुमा पोष्टमार्टम गरी भोलि परिवारलाई बुझाउने प्रहरी निरीक्षक दर्नालले बताउनुभयो ।

उहाँकाअनुसार ट्रक सडकबाट करिब साँढे तीन सय मिटर तल खसेको छ भने ट्रकमा चालक मात्र रहेका थिए । पानी परेको र पक्की सडक भएकाले मोडमा चिप्लिएर वा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार