सोलुदूधकुण्ड र लिखुपिके घटनाबारे कांग्रेस नेकपा बोले , लगाए यस्तो गम्भिर आरोप(विज्ञप्ति सहित)

सोलुखुम्बु।  नेपाली कांग्रेस सोलुखुम्बुले केही दिनअघि सोलुदूधकुण्ड नगरपालिकाको कार्यपालिका बैठकमा भएको घटनाको बिषयमा मुख खोलेको छ।

आज जिल्ला सभापति विनोदकुमार बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गर्दै नगरपालिकाको बैठकमा कांग्रेसबाट निर्वाचित वडा सदस्य, नगर कार्यपालिका सदस्य तथा नगरपालिकाकी प्रवक्ता शारदामाया तामाङलाई दुर्व्यवहार र कुटपिट गरी प्रहरी प्रशासनको मिलेमतोमा झुटा प्रमाण बनाएर राज्य सत्ताको आडमा मुद्दा लगाएको आरोप लगाइएको छ।

त्यस्तै, लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले कांग्रेस नेता शुभराम बस्नेत, सरोज बस्नेत र उत्तम खड्कालाई निर्धारित बिषयबस्तुमा छलफल गर्न बोलाएर कार्यकक्षमा प्रहरी लगाएर धरपकड गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। यस्तो कार्य अप्रजातान्त्रिक र अधिनायकवादी चरित्र भएको भन्दै जिल्लाव्यापी रुपमा नेपाली कांग्रेसमाथि आक्रमण तथा प्रहरी दमनको घोर भर्त्सना गरेको छ।

झुटा आरोप लगाएर पक्राउ परेका नेताहरुको तत्काल विना शर्त रिहा गर्न माग गर्दै अन्यथा चुप लागेर नबस्ने कांग्रेसले चेतावनी दिएको छ। आइतबार नै लिखुपिके गाउँपालिका उपाध्यक्षको नेतृत्वमा उपाध्यक्ष पदका प्रत्यासी उम्मेद्वार मिना कार्की बस्नेत र वडा नं ४ का सभापति दुर्गा बहादुर बस्नेत माथी कुटपिटि भएकाले कुटपिटमा संलग्नलाई गिरफ्तार गर्न कांग्रेस सोलुखुम्बुले माग गरेको छ ।

त्यस्तै, लिखुपिके गाउँपालिकामा भएको घटनालाई नेकपा सोलुखुम्बुले सुनियोजित र योजनाबद्ध भएको भन्दै निन्दा गरेको छ ।

पार्टीका जिल्लाअध्यक्षमानवीर राई र सचिबगोम्बु शेर्पाद्वारा जारी विज्ञप्तीमा कांग्रेसका गुण्डाहरुले अध्यक्ष डम्बरबहादुर बस्नेत, उपाध्यक्षप्रमिला बस्नेत कार्कीमाथी आक्रमण गरेको आरोप लगाएका छन् ।

जनप्रतिनिधिलाई हातपात गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानका लागि जिल्ला झिकाएको प्रहरी निरिक्षक मन्दिपचौहानले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार