सोलुखुम्बु/सोलुखुम्बुको खुम्बुपासाङल्हमू गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाको निधन भएको छ। विगत एक वर्ष अघि देखि क्यान्सर रोगबाट थलिनु भएका शेर्पाको आज बिहान करिब साढे आठ बजे मृत्यु भएको हो।
टको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो। पछिल्लो केही समययता हलचल समेत गर्न नसक्ने अवस्थामा पुगेपछि शेर्पालाई घरमा ल्याइएको थियो।
काठमाडौँको ह्याम्स अस्पतालमा उपचार गराईरहेका शेर्पाको शरिरमा खासै सुधार नआएपछि जन्मस्थल लुक्ला ल्याएको हो।
ह्याम्स अस्पतालमा केमो थेरापी गराइएको थियो । स्वास्थ्य अवस्था स्थीर देखिएपछि चिकित्सकले नै घर लैजान सुझाव दिएका थिए ।
रोगले गाँज्दै लगेपछि शेर्पा थप उपचारका लागि दश महिना पहिले भारतको मेतान्द अस्पतालमा भर्ना भएका शेर्पाको दुई महिनासम्म रेडियो थेरापी गरिएको थियो । त्यसपछि काठमाडौँ फर्किएर शेर्पाले ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आउनु भएको थियो ।
३९ वर्षिय शेर्पा खुम्बुक्षेत्र र शेर्पा समूदायको लोकप्रिय नेता तथा नेकपा सोलुखुम्बुको जिल्ला कमिटि सदस्य हुनुहुन्थ्यो।