सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हमू गाउँपालिकाका अध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै खुम्बु पासाङ ल्हामु गाउँपालिकाले तीन दिन असारसम्म आकस्मिक स्वास्थ्य सेवा बाहेक अन्य सबै कामकाज स्थगित गर्ने भएको छ
गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पाको ३९ बर्षको उमेरमा मङ्लबार विहान निधन भएपछि गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै असार ४ गतेसम्म आकस्मिक स्वास्थ्य सेवा बाहेक सबै सार्वजनिक तथा सामुदायिक कार्यालयहरुका कामकाज स्थगित गर्ने बताइएको छ।
त्यस्तै, असार ४ गतेसम्म नै गाउँपालिकाभित्रका सबै सार्वजनिक तथा सामुदायिक कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । बौद्ध सँस्कृतिअनुसार गरिने अन्तिम संस्कारपूर्व गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा गाउँपालिका उपाध्यक्षले पार्थिव शरीरमा गाउँपालिकाको झण्डा ओढाउनसमेत प्रवक्ता लाक्पा छिरी शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
शेर्पा विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो।