दूधकोसी अस्पताललाई बेलायतबाट १९ लाख सहयोग

सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा निर्माण भइरहेको दूधकोसी सामुदायिक अस्पतालका लागि थप सहयोग रकम प्राप्त भएको छ। सोही गाउँपालिकाका व्यक्तिहरु संलग्न बेलायतमा रहेको मैदेल नेले गुरुङ समाजले १९ लाख ११ हजार ६६६ रूपियाँ रकम प्रदान गरेको हो।

अस्पताल निर्माण समितिका कोषाध्यक्ष स्थानीय बलराम गुरुङलाई समाजका प्रतिनिधिहरुले रकम हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो।

सहयोगीलाई धन्यवाद दिदैं अध्यक्ष राईले अस्पताल निर्माणको काम करीब ४० प्रतिशत भन्दा बढी भएको बताउनुभयो।

दुर्गमका जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ५० शैय्याको अस्पताल बन्न लागेको हो। रौता कुंवर जेभीले १० करोड १० लाख ७२ हजार रुपियाँको लागतमा अस्पताल निर्माण भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार