नेपाली कांग्रेसका पूर्व सभापति आङगेलु शेर्पाले लगायतका कांग्रेस नेताहरूले सोलुदूधकुण्ड नगरपालिकाकी प्रवक्ता शारदामाया तामाङलाई अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।
केही दिनदेखि ओखलढुंगाको मिसन अस्पतालमा उपचार गराईरहेकी प्रवक्ता तामाङलाई शेर्पा सहित नेपाली कांग्रेसका प्रदेश सभा क का सभापति कर्मा शेर्पा, ख का सुर्य बहादुर कुलुङ, नेता गणेश बस्नेतले भेट गरी स्वास्थ्यको जानकारी लिनुभएको हो।
नगर कार्यपालिकाको बैठकमा उपमेयर कल्पना राई र प्रवक्ता तामाङबिच हात हालाहाल हुंदा स्वास्थ्यमा समस्या देखिएपछि तामाङ जिल्ला अस्पताल फाप्लुमा भर्ना गरिएको र थप उपचारका लागि मिसन अस्पताल लगिएको थियो।