कोरोना जितेकी प्रसिद्धी भन्छिन्-‘कोरोनाबारे प्रधानमन्त्रीको झुट अत्ति भयो’

बिहीबार राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबारे लामै समय भाषण दिनुभयो । उहाँले कोरोनालाई रुघाखोकीसँग तुलना गर्नुभयो ।

‘कोरोना भनेको रुघाखोकी जस्तो हो, लागिहाल्यो भने हाँच्छिउ साँच्छिउ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ, उच्च मनोबल राख्नुपर्छ त्यति गरेमा कोरोनाले लान सक्दैन’ प्रधानमन्त्रीले भन्नुभएको थियो । प्रधानमन्त्रीले बेसारको बारेमा पनि लामै समय खर्चनुभयो । उहाँको भनाइको चौतर्फी आलोचना भइरहेको छ ।

प्रधानमन्त्रीको भनाइप्रति नेपालमा कोरोना सङ्क्रमण देखिएकी दोस्रो बिरामी प्रसिद्धी श्रेष्ठले पनि आपत्ति जनाउनुभएको छ । उहाँ अहिले निको भइसक्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले जे पायो त्यही भनेर कोरोनाका बिरामीको उपेक्षा गरेको पनि आरोप लगाउनुभएको छ । 

प्रसिद्धीले ट्विटरमार्फत भन्नुभएको छ , ‘मैले कोरोना भोगिसकेको छु, यो कुनै सामान्य फ्लू होइन, श्वास फेर्न गाह्रो हुन्छ, थकाइ लाग्छ, कृपया आफ्नो मनोरञ्जनको लागि कोरोना बिरामीको दुःखमा नखेल्नुहोस, यो बकवास अत्ति भयो ।’ ujyaaloonline.com bata savar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार