तरकारीमा आत्मनिर्भर बनाउन ‘आशाको विउ’

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषि कार्यक्रम ‘आशाको विउ’ संचालनमा ल्याइएको छ । गैरसरकारी संस्था द स्मल वल्र्ड (टिएसडब्लु)को प्रायोजन, सोलुदूधकुण्ड नगरपालिकाको सहकार्य र सामना महिला संस्थाको सहजीकरणमा ‘आशाको विउ’ कार्यक्रम मार्फत नगरक्षेत्रभित्रका महिलाहरुलाई विभिन्न जातका तरकारीको विउ वितरण गरिएको हो ।

नगरपमलिकाका ११ वटै वडामा महिलाहरुको प्रत्यक्ष सहभागीतामा कार्यान्वयन गरिने कार्यक्रम अन्तरगत महिला समूह गठन गरी मौसमी तरकारीका विउ विजन वितरण थालिएको छ ।

तरकारीको विउ वितरण गर्दै द स्मल वल्र्डका अध्यक्ष कर्मा शेर्पाले महिलालाई उत्पादनसँग जोडेर तरकारीमा आत्मनिर्भर र आयआर्जनलाई समेत टेवा पुर्याउनका लागि यस्तो कार्यक्रम ल्याएको बताउनुयभो । कोरोना कहरका कारण बाह्य उत्पादन आयात गर्ने अवस्था न्यून हुने र तरकारीको अभाव खेप्नुपर्ने सम्भावित सङ्कटलाई टार्नका लागि पनि ‘आशाको विउ’ कार्यक्रम प्रभावकारी हुने उहाँको विश्वास छ ।

पहिलो चरणको कार्यक्रम अन्तरगत तरकारीका विउ वितरण गरिरहेको र तरकारी उत्पादनमा मेहनत गर्ने महिलालाई दोस्रो चरणमा टनेल वितरणको योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । समय र मौसम सुहाउँदो क्रियाकलाप निरन्तर कार्यक्रम सञ्चालन गर्ने र कार्यक्रममा आबद्ध महिलाहरुको बालबालिकालाई पनि छात्रवृत्ति कार्यक्रम ल्याउने समेत योजना रहेको बताउनुभयो ।

सामना महिला संस्थाकी अध्यक्ष टंकीमाया बस्नेतले यो कार्यक्रमले महिलाहरुको आम्दानी र जीवनशैलीमा परिर्वतन गर्ने विश्वास व्यक्त गर्नुभयो । गरिरहेको तरकारी खेतिमा अलिकति प्राविधिक ज्ञान र प्रविधिलाई मिसाउन सके घरको आवश्यकता पुरा गरेर बजारसम्म पु¥याउन सकिने उहाँको भनाइ छ । महिला दिदीवहिनीहरुले लगनशिल भएर काम गरेमा आत्मनिर्भरता र नेतृत्व विकास हुने भन्दै उत्पादित तरकारीको बजारीकरणमा पनि संस्थाले सहयोग गर्ने बताउनुभयो ।

टिएसडब्लुले विउसगँैै कृषि प्राविधिक पनि परिचालन गरेको छ । विउ वितरणसंगै खेती प्रविधिका बारेमा अभिमूखिकरण पनि गरिरहेको छ । प्राविधिकको निरन्तर सहयोग रहने भएकाले कार्यक्रम सफल बन्नेमा ढुक्क रहेको टिएसडब्लुका सचिव उत्रमान राईले बताउनुभयो ।

विउ वितरण कार्यमा सामना महिला समूहकी अध्यक्ष बस्नेत, सदस्य तथा सोलुदूधकुण्ड नगरपालिकाकी कार्यपालिका सदस्य गान्धिमाया तामाङ, सरिता राई, सदस्यहरु यशोदा बास्तोला, रमा कटेल, गीता कार्की लगायतको सक्रियता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार