स्थानीय सरकारसँग हातेमालो गर्दै काङ्ग्रेस, नयाँ राजनीतिक संस्कारको विकास गरेको गापा अध्यक्ष राईको भनाइ


सोलुखुम्बु । कोरोना कहरको सामना गरिरहेको स्थानीय सरकारसँग सहकार्य गर्ने नयाँ राजनीतिक संस्कारको शुरु गरेको नेपाली कांग्रेस सोलुखुम्बुले आइतबार थुलुङ दूधकोशी गाउँपालिकालाई ‘कोरोना पीडित तथा बेरोजगार राहत कोष’ स्थापनाका लागि विउ पूँजी बापतको ५० हजार रुपियाँ हस्तान्तरण गरेको छ ।

कांग्रेसका नेता तथा पुर्व पार्टी सभापति आङगेलु शेर्पाको नेतृत्वमा गएको एक टोलीले गाउँपालिका अध्यक्ष असिम राईलाई कोष स्थापनाका लागि रकम हस्तान्तरण गरेको हो । रकम ग्रहणपछि बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले कांग्रेसले नयाँ राजनीतिक संस्कारको विकास गरेको भन्दै विपदको सामना सत्तापक्ष र प्रतिपक्ष मिलेर गर्ने अवधारणा स्वागत योग्य भएको बताउनुभयो ।

कोरोना कहर र यसले निम्त्याएको बेरोजगारीको समस्या व्यवस्थापनमा खास काम गर्नका लागि राहत कोषको अवधारणा बोकेर स्थानीय तह डुलिरहेको काँग्रेसले स्थानीय सरकारको साथ र सर्मथन पाएको कांग्रेस नेता आङगेलु शेर्पाले बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता राई, प्रमुख प्रशासकीय अधिकृत अविलाल राई, कांग्रेसका प्रदेश सभा ‘क’ सभापति सुर्य कुलुङ, प्रदेश सभा ‘ख’ सभापति कर्मा शेर्पा, नगर कार्यपालिका सदस्य सोनामग्याल्जेन शेर्पा, सोताङ कांग्रेस सभापति गणेश बस्नेत, महाधिवेशन प्रतिनिधि सरला नाछिरिङ, कांग्रेस नेता वीरबहादुर गुरुङ र भलाकाजी कार्कीको उपस्थिती रहेको थियो ।

यसअघि नेचासल्यान गाउँपालिकामा रकम हस्तान्तरण गरेको कांग्रेसको टोली सोताङ र महाकुलुङ गाउँपालिकातर्फ प्रस्थान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार