स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारको आरोपमा स्वास्थ्यमन्त्री पक्राउ

स्वास्थ्य सामग्री आपूर्तिमा भ्रष्टाचार गरेको आरोपमा जिम्बाबेका स्वास्थ्य तथा बालबालिका हेरचाह मन्त्री ओबादिया मोयो पक्राउ परेका छन् ।

कोरोना महामारीविरुद्ध स्वास्थ्य सामग्री खरिद गर्नेक्रममा भ्रष्टाचार गरेको उनीमाथि आरोप लागेको छ । उनलाई त्यहाँस्थित जिम्बाबे भ्रष्टाचारविरोधी आयोगले पक्राउ गरेको शुक्रबार साँझ पुष्टि गरेको छ ।

आयोगका प्रवक्ता जोन माकामुरेले भने, ‘मन्त्री मोयोलाई पक्राउ गरेर प्रहरी चौकीमा राखिएको छ र भोलि उनलाई अदालतमा पेश गरिनेछ ।’

उनका अनुसार मन्त्री मोयोले स्वास्थ्य सामग्री खरिदका क्रममा लाखौं अमेरिकी डलर भ्रष्टाचार गरेको जानकारी दिएका छन् ।

राष्ट्रपति इमर्सन म्नाङग्वाको सरकारले मन्त्री पक्राउ गरेको यो दोस्रोपटक हो । गत वर्ष पर्यटन मन्त्री प्रिस्का मुपफुमिरा पनि पक्राउ परेका थिए । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार