देशैभरि वर्षा, केही स्थानमा बाढी र डुबानको सम्भावना

काठमाडौं । आज काठमाडौं उपत्यकालगायत देशभर हल्का तथा मध्यम वर्षा भइरहेको छ । गएरातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ ।

सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, बर्दिया र आसपास मध्यम तथा भारी बर्षा भईरहेकोले उक्त जिल्ला भई बहने साना खोलामा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुका साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा भारी वर्षा हुनेछ ।

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको समेत संभावना रहेकाले सर्तकता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

अविरल वर्षाका कारण नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसबीच रहने छ ।

सूर्योदय आज बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।imagekhabar bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार