काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलका नेताहरुलाई छलफलका लागि बोलाउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका प्रमुख दलका शीर्ष नेताहरुसँग आज(बुधबार) साँझ छलफलका लागि बोलाउनुभएको हो ।
त्यसका लागि दलका नेताहरुलाई राष्ट्रपतिका तर्फबाट निम्तो गएको शीतल निवासले जनाएको छ ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ नेकपा भित्रै र अरु राजनीतिक दलबीच पनि विवाद कायम रहेका बेला राष्ट्रपति भण्डारीले शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।
संविधान जारी भएसँगै संवैधानिक राष्ट्रपतिले दलका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रम टुट्दै गएका बेला भण्डारीले पुनः एमसीसीको विवाद चर्किएका बेला परामर्श गर्न लाग्नुभएको हो ।imagekhabar bata