माप्यदूधकोशीमा पनि काँग्रेसको कोरोना राहत कोष स्थापना

सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुले सोलुखुम्बुको माप्य दूधकाशी गाउँपालिकामा पनि ‘कोरोना पीडित तथा बेरोजगार राहत कोष’ स्थापनाका लागि विऊ पूँजी हस्तान्तरण गरेको छ ।

नेपाली काँग्रेस सोलुखुम्बुले जिल्लाव्यापी अभियानका रुपमा अघिसारेको कोष स्थापनाका लागि जिल्लाको माप्य दुधकोशी गाउँपालिकालाई नगद ५० हजार रुपयाँ दिएको हो ।

विउ पुँजी हस्तान्तरण गर्दै नेपाली काँग्रेसका युवा नेता तथा पुर्व सभापनि आङगेलु शेर्पाले बर्तमान संकटको समाधानमा हरेक पक्षको सहकार्य गर्नुपर्ने बताउनुभएको छ । नेता शेर्पाले कोरोना कहरबाट मुक्ति पाउनका लागि बृहत्तर एकता र सहकार्यको आवश्यक्ता रहेको बताउनुभयो ।

नेता शेर्पाले काँँग्रेस आफ्नो गाँस काटेर विपतको सामना गर्ने कार्यमा जुटेको बताउनुभयो । गाउँपालिकामा आयोजित हस्तान्तरण कार्यक्रममा नेपाली काँँग्रेस प्रदेश क का सभापति सुर्य कुलुङ, प्रदेश ख का सभापति कर्मा शेर्पा, महाधिबेशन प्रतिनिधि सरला नाछिरिङ, अभियानका संयोजक सोनामग्याल्जेन शेर्पा, माप्यदूधकोशी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश राई, वडा नम्बर ७ का वडा अध्यक्ष सगुजित राईको उपस्थिति रहेको थियो ।

कार्यक्रममा इकाई सभापति भैबहादुर राई, दलित संघ जिल्ला अध्यक्ष कर्णबहादुर विश्वकर्मा, काँग्रेस नेताहरु काजी शेर्पा, टंक राई, उजिर कार्की, बमबहादुर कार्की, चन्द्र खालिङ र जसबहादुर राई लगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा स्थानीय कार्यकर्ताका विचमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको काँग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार