कोरोना रोकथाममा खटिएका सात सैनिकद्वारा आदिवासी किशोरी बलत्कार

सैनिक देश र नागरिकको सुरक्षामा समर्पित हुन्छन् । त्यसैले उनीहरुप्रति मानिसको विश्वास अत्यधिक हुने गर्छ । तर, रक्षक नै भक्षक भएपछि अवस्था कुनै पनि देशको लागि चुनौतीपूर्ण हुन्छ ।

कोलम्बियामा त्यस्तै भएको छ । त्यहाँका सैनिकहरुले आदीवासी किशोरीलाई यौन दुर्व्यवहार गरेको खुलेको छ । उनीहरुले यौन दुर्व्यवहार गरेको कबुल गरेका छन् । कोलम्बियाका इम्बेरा कातियोमा रहने आदीवासी १४ वर्षिया किशोरीमाथिे सात जना सैनिकहरुले बलात्कार गरेको थिए । उनको अपहरण गरी १७ घण्टासम्म बलात्कार गरिएको विषय अधिकारीहरुले खुलाएका छन् ।

उनीहरुमाथि अनुसन्धान भइरहेको सेना प्रमुखले जनाएका छन् । कोरोनाको रोकथाम र नियन्त्रण गर्न उत्तरपश्चिममा रहेको इम्बेरा कातियो क्षेत्रमा सैनिक खटाइएको थियो । सैनिहरुले मौकाको गलत फाइदा उठाई आदीवासी केटीको अपहरण गरी बलात्कार गरेका थिए ।

बलात्कारको घटना क्षेत्रमा आइतबार घटेको थियो । मानव अधिकारवादीले इम्बेरा कातियो समूदायका प्रमुखलाई उक्त घटनाका विषयमा जानकारी दिएको जनाइएको छ । बलात्ककृत युवतीको आमाले खोज्न जाँदै गर्दा उनको साथीहरुले केटीलाई फेला पारेको थिए । बलत्कृत केटीको अवस्था अत्यधिक गम्भीर रहेको कारण उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

क्रुरतापूर्वक गरिएको अपराधले कोलम्बिायामा आक्रोश पैदा गरेको छ । अपराधीलाई जन्मकैदको सजाय हुने प्रवल सम्भावना देखिएको छ । यस्तो प्रकारको घटना महामारीको बेला निकै गम्भीर भएको र महामारी भन्दा पनि खतरनाक रहेको जनाइएकोछ ।

यसवर्ष कोलम्वियामा ८ हजार भन्दाबढी महिला र बालिकाहरु जबरजस्ती करणीमा फसेको रिर्पार्ट दर्ता भएको कोलम्बियन फेमिसाइड फउन्डेशनले जानकारी दिएको छ । त्यस मध्ये ५ हजार भन्दा बढी १८ वर्ष भन्दा कम उमेरको रहेको जनाइएको छ ।एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार