कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । महाधिवेसन कार्यतालिका हेरफेरको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी मुख्यालय सानेपामा आइतबार सम्पन्न पदाधीकारी बैठकले मंगलबार दिउँसो १ बजे बैठक बोलाउने निर्णय गरेको हो ।

कांग्रेस नेता रमेश लेखकका अनुसार पदाधीकारी तथा पूर्व पदाधीकारीहरु सम्मिलित बैठकमा निर्धारित समयमै पार्टी महाधिवेसन सम्पन्न गर्ने विषयमा छलफल भएको छ ।

असार मसान्तभित्र पार्टी समायोजनका बाँकी काम सकेर कृयाशिल सदस्यता नविकरण र वितरणको कार्य शूरु गर्ने विषयले प्राथामिकता पाएको छ ।

यस्तै पुस महिनाभित्र स्थानीय निकायहरुको महाधिवेसन सकेर पूर्व निर्धारित कार्यतालिका बमोजिम फागुन ७ मा केन्द्रीय महाधिवेसन गर्ने गरी छलफल भएको छ ।

यसअघि कांग्रेसले साउन मसान्तभित्र कृयाशिल सदस्यता सम्बन्धी सम्पूर्ण कार्यहरु सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

तर कोरोना संक्रमणलाई कारण बनाएर पार्टीले महाधिवेसन सम्बन्धी सम्पूर्ण कार्यहरु स्थगन गरेको छ ।imagekhabar.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार