‘प्रधानमन्त्री बनाउन र हटाउन बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन ?’

 प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारतले हटाउन खोजेको भनि दिएको अभिव्यक्तिबारे प्रष्ट पार्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आग्रह गरेको छ ।

आइतबार प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन खोजेको जिकीर गर्दै आफू हटे कुनैपनि प्रधानमन्त्रीले नेपालको हित रक्षा गर्न नसक्ने बताउनुभएको थियो ।

भारतले हटाउन खोज्दैछ भनेर प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रष्ट्याउन जरूरी भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत सत्तारुढ नेकपालाई आग्रह गर्नुभएको छ ।

‘भारतले हटाउन खोज्दैछ, प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रष्टाउन जरूरी छ ।’ प्रवक्ता शर्माले लेख्नुभएको छ, ‘१. प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन ? २. छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षित छैन ?’

कोरोनासँग जुध्न सरकार असफल भएपछि जनताले परिवर्तन खोजेको भन्दै शर्माले ‘सहयोद्धाले जोगाइदिए तिनलाई धन्यवाद दिनुस् । बिदा गरे हालसम्मको कामका लागि धन्यवाद लिनुस् । हटाउन लागे भनेर सार्वजनिक रूवाबासी गर्नु शोभनीय भएन । थैली राम्रोसँग नबाँध्ने छिमेकीलाई दोष लगाउने, पद सुहाउँदो भएन ।’

प्रधानमन्त्रीले लिम्पियाधुरा समावेश गरेर नक्शा जारी तथा उक्त नक्सा निशान छापमा राख्न संविधान संशोधन गरेपछि भारतले आफूलाई हटाउने लागेको आरोप लगाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार