
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीवीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेटन मंगलबार (आज) बिहान शीतलनिवास पुग्नुभएको थियो ।
बुधबार देखि जारी स्थायी कमिटी बैठक बस्नुपूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच भएको भेटवार्तामा वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको पार्टीका नेताहरुको अनुमान छ ।
नेकपाको स्थायी कमिटी बैठक गत बुधबारदेखि बालुवाटारमा बस्दै आइरहेको छ । बैठकमा बुधबार, शुक्रबार र शनिबार तीन दिन सीमासम्बन्धी एजेण्डामा छलफल भएको थियो । आज कोरोना महामारी र सरकारको भूमिकाबारे छलफल हुने कार्यसूची छ ।radionrn.com



