दाहाल-नेपालमाथि बाँस्कोटाको टिप्पणी : ‘कानेखुशी गर कि मोर्चा कस, नमिली सुखै छैन्’

पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोकुलप्रसाद बाँस्कोटाले नेकपाभित्र देखिएको विवाद सैद्धान्तिक वा वैचारिक नभई सेखी झाने र शक्ति प्राप्त गर्ने हो भन्ने टिप्पणी गरेका छन् । आज साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले यस्तो बताएका हुन् । उनले यसले न खाग्सी दलिने न त नौनी बोकिने पनि टिप्पणी गरेका छन् ।

बाँस्कोटाले लेखेका छन्,’मैले जानेबुझेसम्म नेकपा नेताको विवाद सैद्दान्तिक वैचारिक होईन। जम्माजम्मीमा शेखीझार्ने र शक्तिप्राप्त गर्ने हो।अलिअलि तौरतरिका वा ब्यबहारका र,केही मानसम्मानका कुरापनिहोलान।तसर्थ न खाग्सी दलिन्छ न नौनी बोकिन्छ।कानेखुसी गर कि मोर्चा कस ।नमिली सुखै छैन।तनाव हैन है साथी हो।’

पछिल्लो समय सत्तारुढ नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौम, प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन माग गरेका छन् । पार्टीको जारी स्थायी कमिटीको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पनि प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् । बैठक गत बुधबारदेखि सुरु भएको हो । बैठक आजपनि बसेको थियो । तर, आजको बैठकमा ५ जनाले मात्रै आफ्नो धारणा राखेका थिए । बैठक भोलि विहान ११ बजे बस्नेगरि स्थगित् भएको छ । -reportersnepal.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार