नेकपा नेताहरूसँगको चिनियाँ राजदूतको भेटवार्ता जारी, आज दाहाललाई भेटिन्

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छिन् । राजदूत यान्छीले आज (बिहीबार) दाहाल निवास खुमलटार पुगेर भेटवार्ता गरेकी हुन् ।

नेकपाभित्रको विवाद चुलिरहेको अवस्थामा राजदूत यान्छीको दौडधुपलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । कुटनीतिक क्षेत्रका जानकारहरुले त राजदूत यान्छीको सक्रियतालाई लिएर आफ्नो असन्तुष्टि पोखेका छन् ।

यसअघि उनले नेकपाका बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छिन् । File Photo/reportersnepal.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार