टानका प्रथम उपाध्यक्ष कार्कीको संयोजकत्वमा पर्यटनमा परेको असरबारे अध्ययन समिति

सन्तोष राउत/सोलुखुम्बु । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण पर्यटन क्षेत्रमा परेको सम्पूर्ण प्रभाव अध्ययनको लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अध्ययन समिति गठन भएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सोलुखुम्वुले मुलुककै आम्दानीको मुख्य स्रोतमध्येको पर्यटन क्षेत्रसँग सम्बन्धित रहेको सोलुखुम्बुमा यस अवधिमा परेको समस्याहरुलाई अध्ययन गरी त्यसका आधारमा पार्टीले अपनाउनु पर्ने रणनीति र आगामी दिनमा उठाउनु पर्ने मुद्धाहरु तय गर्न कार्कीको संयोजकत्वमा समिति गठन गरिएको काङ्ग्रेस सोलुखुम्बुले जनाएको छ ।

सोलुखुम्बुमा जन्मेर पर्यटक भरिया हुँदै विगत लामो समयदेखि आफ्नै हिमालयन जोय एडभेन्चर नेपालका निर्देशक रहेर पर्यटन व्यवसायमा सक्रिय कार्की सहित समितिको सदस्यहरुमा आङदावा शेर्पा (चौरीखर्क), देण्डी शेर्पा (गुदेल), हस्तबहादुर थापा मगर (वाकु), दावाफिन्जो शेर्पा (नाम्चे), नविन कार्की (बासा), शेरबहादुर मगर(खरिखोला), दिप राई(सोताङ), फुनुरु शेर्पा(पैया), मनकुमार तामाङ(लोखिम) र भीमबहादुर कामी (वाकु) रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार