काँग्रेस नेता तथा पर्यटन व्यवसायी कार्कीद्वारा पर्यटक गाइडलाई आर्थिक सहयोग

सन्तोष राउत /सोलुखुम्बु। सोलुखुम्बुका युवा पर्यटन ब्यवसायी नविन कार्कीद्वारा संचालित हिमालयन म्याजिक ट्रेक्स प्रा. लि. ले पर्यटक पथप्रदर्शक (गाइडहरुलाई) आर्थिक सहयोग प्रदान गरेको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको कारण ठप्प भएको नेपाली पर्यटन क्षेत्रमा आफ्नो कम्पनीमा काम गर्दै आएका ११ जना गाइडहरुलाई आर्थिक सहयोग गरेको कम्पनीका प्रबन्ध निर्देशक नविन कार्कीले जानकारी दिनुभयो।

नेपाली कांग्रेस सोलुखुम्बुको सोलुखुम्बु काठमाडौँ सम्पर्क समितिका कोषाध्यक्ष समेत रहनु भएका कार्कीले लकडाउनका कारण काम नभएर बस्दा आफ्ना कर्मचारीलाई दैनिक व्यवहार संचालनमा थोरै सहयोग गर्ने उद्देश्यले सहयोग गरेको उहाँको भनाइ छ। ठप्प भएको नेपाली पर्यटन चाँडै लयमा फर्कने उहाँको विश्वास छ।

सहयोग पाएपछि पर्यटक गाइड कुमार राईले संकटको अवस्थामा कम्पनीले सहयोग गर्नु राम्रो काम भएको भन्दै अन्य कम्पनीले पनि यसको अनुशरण गर्दै आफ्ना कर्मचारीलाई सहयोग गरेमा सजिलो हुने बताउनुभयो ।

कांग्रेस नेता कार्कीले यस अघि सोलुखुम्बुबाट काठमाडाैँमा गएर बस्ने अति विपन्न परिवारलाई सम्पर्क समिति मार्फत राहत वितरण गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार