बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)

देशभर बाढी र पहिरोले बितण्डा मच्चाउन थालेको छ । हिजो र आज बाढीबाट मात्र २ जनाको मृत्यु हुनाको साथै २१ जना वेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । पहिरोबाट आठ जनाको मृत्यु भएको छ ।

देशभर आज १४ स्थानमा पहिरो गएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा हिजो गएको पहिरोमा एकजना वेपत्ता भई आजसम्म जम्मा २ जनाको मृत्यु, २१ जना वेपत्ता र ७ जना घाइते भएको गृहले जनाएको छ ।

कास्कीको सराङकोटमा पहिरोमा परेर ४ जनाको मृत्यु हुनाको साथै ९ जना घाइते भएका छन् । हेम्जामा एकजनाको मृत्यु भएको छ । लमजुङको बेसीशहरमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बाढपहिरोले देशभर विभिन्न स्थानमा सडक अवरुद्ध छन् ।

जोखिम बढ्दै गएकाले नदी आसपासका क्षेत्र र पहिरोको खतरा रहेको स्थानमा शतर्कता अपनाउन भनिएको छ ।

खतरनाक बन्नसक्ने नदी र खोला
कोशी र नारायणी नदी र यसका सहायक नदी
कन्काई, कमला, बागमती र सहायक नदी
पूर्वी राप्ती
प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, खोटाङ, ओखलढुंगालगायत सबै जिल्लाका नदीहरु
प्रदेश २ को सबै जिल्लाका नदीहरु
बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काठमाडौं उपत्यकाका नदीहरु
गण्डकी प्रदेशको नवलपरासी, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ र आसपास जिल्लाका स-साना नदी
प्रदेश ५ को तराईका जिल्लाका स-साना नदी-File Photo/Reportersnepal.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार