सन्तोष राउत/सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले गाउँ गाउँमा स्वास्थ्य सामग्री वितरण गर्नु भएको छ । नेपालमा कोरोना कहर शुरु भएदेखि नै नेता कार्कीले गृह जिल्ला सोलुखुम्बु तथा सोलुखुम्बुबाट राजधानीमा गई बसोबास गर्दै आएका विभिन्न व्यक्ति तथा परिवारलाई खाद्यन्न लगायत सामग्री राहत स्वरुप वितरण गर्दै आउनुभएको छ ।
पछिल्लो समय शुक्रबार सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका–१ मा नेले सामुदायिक सामाजिक परोपकारी सस्थाद्वारा सञ्चालित स्वास्थ्य क्लिनिकलाई महामारीको रुपमा फैलिरहेको कोभिड–१९ नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले अत्यावश्यक स्वास्थ सामाग्री पिपिई, थर्मलगन, माक्स, सेनिटाइजरलगायतका स्वास्थ सामाग्री हस्तान्तरण गर्नुभएको नेविसंघ नेता दिनराज बाँस्तोलाले जानकारी दिनुभयो । वडा अध्यक्ष घनराज सुनुवारलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारणी सदस्य समेत रहनुभएका नेता कार्कीले यसअघि जिल्लाका विभिन्न स्थानीय तह र स्वास्थ संस्थाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसक्नुभएको छ । उहाँले सोलुदूधकुण्ड नगरपालिका, खुम्बुपासाङल्हमू गाउँपालिका, नेचासल्यान गाउँपालिका, महाकुलुङ गाउँपालिका, सोताङ गाउँपालिका, माप्यदूधकोशी गाउँपालिका, थुलुङदूधकोशी गाउँपालिका लगायत सबै गाउँपालिकामा स्वास्थ्य सामग्री वितरण गर्नु भएको थियो ।
महामारीका रुपमा विश्वभर फैलिएको कोरोना रोकथामका लागि कार्कीले व्यक्तिगत रुपमा जिल्ला अस्पताल फाप्लु तथा अन्य वडास्तरका स्वास्थ्य संस्थालाई समेत यसअघिनै स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको थियो ।
लायन्स क्लब अफ काठमाण्डौ क्यापिटल र कार्कीको व्यक्तिगत लागतमा थर्मल गन, स्वास्थ्यकर्मीका लागि पिपीई सेट, सरसफाईका लागि साबुन तथा सेनिटाईजर, सर्जिकल तथा केएन ९५ मास्क, पञ्जालगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिरहेका नेता कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, देस अहिले संकटमा छ, यसबेला सबै मिलेर यसको सामना गर्नुपर्छ, सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गरौँ ।
संकटमा राजनीति भन्दा भाथि उठेर सबैले काम गर्नुपर्ने उहाँको भनाइ छ । कार्कीले विभिन्न चरणमा खाद्यान्न राहत वितरण गर्नु भएको थियो । विगत केही समययता कार्कीले सोलुखुम्बुको शिक्षा, स्वास्थ्य तथा विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने आउनु भएको छ ।