चिनियाँ राजदुतको सक्रियताले टरेको हो ओलीको सत्ता संकट ?

नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद चिनियाँ राजदुत होउ याङ्कीको सक्रियतासँगै केही मथ्थर भएको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको मागसहित हेभिवेट नेताहरु उत्रिएपनि त्यो पार लाग्न सकेको छैन ।

नेताहरुले राजीनामाबाट पछि हटेको भनेका छैनन् । तर, स्थायी कमिटी बैठक पटक पटक स्थगित भएपछि ओलीविरोधी गलेको संकेतहरु देखिएको छ । २ साउनका लागि बैठक डाकिएपनि साउन भर हुने सम्भावना कम रहेको नेकपाको उच्च स्रोतले जानकारी दिएको छ । यसरी ओलीको संकट टर्दै गएको छ ।

पार्टीभित्र पेचिलो बन्दै गएको ओलीको राजीनामा माग मथ्थर हुनुभन्दा अघि चिनियाँ राजदुत होउ याङ्कीको सक्रियतालाई अर्थपूर्ण मानिएको छ । उनले यस हप्ता राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटिन् । भेट नेकपा विवाद उत्कर्षमा पुग्दा भएको हो ।

राजदुत याङ्कीको सक्रियतापछि नेकपा विवाद मथ्थर हुँदै गयो । बैठक नै बसेन । ओली विरोधी समुहको एकतामा समेत संकट आयो । ओलीमाथि स्थायी कमिटीको बैठकबाट निर्णय गर्न तम्सिएका नेताहरु अगाडि बढ्न तयार भएनन् ।

हिजो देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब महामारी र प्रकोपसँग लड्नुपर्ने बेला भएकाले आपसी मतभेद उपयुक्त नभएको बताए । उनको भनाईलाई अर्थपूर्ण मानिएको छ । नभन्दै अध्यक्ष प्रचण्ड प्रकोपको अवलोकन गर्न गृहजिल्ला चितवन पुगे । यसरी नेकपाभित्रको विवाद मथ्थर बन्दै जाने संकेतहरु देखिएको छ ।

जसरी दुई महिना अघि ओलीको सत्ता संकटमा पर्दा राजदुत याङ्कीको सक्रियताले स्थिति बिग्रन पाएन त्यसरी नै यसपटक उनको सक्रियताले माहोल बदलिएन । ओलीविरोधीहरु कमजोर बन्दै गए । यसले नेपाली राजनीतिमा चीनको खुल्ला भुमिका र प्रभाव छरपष्ट भयो ।reportersnepal.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार