काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आइतबार देखिएका संक्रमितमध्ये काठमाडौं उपत्यका भित्रका ६ जना छन् । जसमध्ये काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो ।
हाल सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको उहाँले बताउनुभयो । यस्तै डिस्चार्ज भएकासहित कूल संक्रमित १६ हजार ८०१ जना रहेको पनि बताउनुभयो ।
गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४७ संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या ८ हजार ५८९ रहेको छ । यो भनेको सक्रिय संक्रमित भन्दा निको भएर घर फर्किनेको संख्या धेरै रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित हुनेहरुमा झापाका १, मोरङका २, धनुषाका १९, सर्लाहीका १, काठमाडौँका ५, ललितपुरका १, सिन्धुपाल्चोकका १, चितवनका ५, मकवानपुरका १, सिन्धुलीका १, सोलुखुम्बुका १, बागलुङका २, नवलपरासीका १ जना रहेका छन्।
यस्तै पर्वतका २, स्याङजाका १, तनहुँका ६, गोर्खाका १, लमजुङका २, गुल्मीका १, पाल्पाका १, दैलेखका १, रुकुमका २, सुर्खेतका ११, कालिकोटका ७, बझाङका १, डढेलधुराका २, कैलालीका २, दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २५ प्रयोगशालाबाट ३९१६ जनाको परीक्षण भएको थियो । हालसम्म क्वारेन्टिनमा २३ हजार ७८४ र आइसोलेशनमा ८ हजार १७४ जना रहेका छन् ।