स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै छानबिन समिति गठन गर्न माग

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसदहरुले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको भन्दै छानविन समिति गठन गर्न माग गरेका छन्। सांसदहरुले नियतवश नै ओम्नी समूहलाई खरिद गर्न दिइएको भन्दै छानविन गर्न माग गरेका हुन।

समितिको मंगलबारको बैठकमा बोल्ने सांसदहरुले यस्तो माग गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीकी सांसद धर्मशीला चापागाईँ, अमनलाल मोदी, विरोध खतिवडा, नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजाल र राजेन्द्र कुमार केसीले समितिको बैठकमा आफ्नो धारणा राखेका थिए । उनीहरुले छानबिन समिति बनाउनुपर्ने बताएका थिए ।

सांसद रिजालले कुनै पनि व्यक्तिको जानकारी लिन बोलाइएको नभएकाले कुनै पनि किसिमको जिम्मेवारीबाट पन्छिन नपाउने बताएका थिए ।समितिको आजको बैठकमा स्वास्थ्य मन्त्रालयका तत्कालिन् सचिव यादव प्रसाद कोइरालाले स्पष्टीकरण दिएका थिए ।रिपोर्टर्स नेपाल डट कमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार