सोलुखुम्बुको जनजागृति मावि नमूना विकासमा छनोट

सन्तोष राउत/सोलुखुम्बु ।सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित जनजागृति माध्यमिक विद्यालय नमुना विकासका छनोटमा परेको छ । शिक्षा विकास तथा मानव श्रोत विकास केन्द्रले देशभरका १०० विद्यालय नमुना विकासका लागि छनौट गर्दा सोलुखुम्बुको जन जागृति माध्यमिक विद्यालय पनि छनोटमा परेकोे हो ।

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले नमुना विद्यालय विकासका लागि मन्त्रालयले २०७६ असोज १६ गते विद्यालयहरुलाई आव्हान गरेपछि प्राप्त प्रस्तावनाबाट असार ३१ गते गरेको निर्णय अनुसार नमुना विकासका लागि विद्यालय छनौट गरिएको सूचना शिक्षा विकास तथा मानव श्रोत विकास केन्द्रले प्रकाशित गरेको छ ।

विद्यालय क्षेत्र विकास योजना अनुसार सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय विकास गर्ने लक्ष्य शिक्षा विकास तथा मानव श्रोत विकास केन्द्रको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार