यी हुन् कांग्रेस प्रवेश गर्ने ३१ विश्व कीर्तिमानी आरोहीरु

विश्व कीर्तिमानी आरोहीरु ३१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा लोकतान्त्रिक पर्वतारोही तथा पर्वतारोहण समुदायका अग्रज आङछिरिङ शेर्पाको अगुवाईमा आरोहीहरु कांग्रेस प्रवेश गरेका हुन् ।

माउण्टेनियर्स र माउण्टेनिरिङ फ्य्राटरनिटीको आयोजनामा भएको कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा स्वागत गर्दै कीर्तिमानी आरोहीहरुलाई पार्टीमा उचित जिम्मेवारी र कदर गरिने बताउनुभयो ।

त्यस्तै कांग्रेसका युवा नेता तथा पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले पर्यटन क्षेत्रको विकासका लागि कांग्रेसले पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा अगाडि बढ्ने बताउनुभयो ।

कोरोना कहरका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले सरकारले पर्यटन क्षेत्रको पुनर्ताजगीका लागि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार