सोलुखुम्बुमा चार पुरुषमा कोरोना देखियो


सोलुखुम्बु। सोलुखुम्बुका चार पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएका २६ मध्ये चार पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

संक्रमितमध्ये सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका २६ बर्षिय र वडा नं ८ केरुङका ३० बर्षिय पुरुष रहेका छन् भने थुलुङ दुधकोशीगाउँपालिका ५ का ३२ बर्षिय पुरुष र वडा नं ७ का ३४ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।

उनीहरु साउदीबाट गत जेठमा नेपालफर्किएका हुन् । संक्रमण पुष्टि भएकाती यूवा जिल्ला अस्पताल फाप्लु र थुलुङदूधकोशी गाउँपालिकाको क्वारिन्टीन रहेका छन्।

उनीहरुको अवस्था सामान्य रहेपनिआइसोलेशन वार्डमा सार्ने तयारी भएको स्रोतले जनाएको छ । स्वाव संकलन गरी पठाइएका अन्य २२ जनामध्ये ३ जनाको पिसिआर रिर्पोट आउनबाँकी छ । सोलुदूधकुण्ड नगरपालिकाको १६, थुलुङदुधकोशी र महाकुलुङ गाउँपालिकाको ४/४ र सोताङ गाउँपालिकाको २ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो ।

यसअघि कोरोना संक्रमित सोलुदूधकुण्ड नगरपालिका ८ का एक २७ बर्षिय यूवा उपचारपछि निको भएर घर फर्किएका छन् भने अर्का एक संक्रमितको भक्तपुरमा उपचार भइरहेको छ ।himalfm bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार