कांग्रेस कोही अमुक व्यक्तिको पेवा होइन : कांग्रेस नेता कार्की

सोलुखुम्बु/नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्कीले कांग्रेस कोही अमुक व्यक्तिको पार्टी नभई आम जनताको भएकाले कसैले पेवा नठान्न आग्रह गर्नुभयो। नेपाली कांग्रेस सोलुखुम्बुको आसन्न जिल्ला अधिवेशन र खुम्बुपासाङल्हमू गाउँपालिकाको भावी कार्ययोजना, क्रियाशील सदस्यता वितरण र नविकरणका सन्दर्भमा राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेसलाई पेवा ठान्नेहरुका कारण विगतका निर्वाचनमा कमजोर अवस्थामा पुगेको स्पष्ट पार्नुभयो।

पछिल्लो समय जिल्लामा क्रियाशीलता देखाउदै जनता माझ पुगिरहनुभएका नेता कार्कीले आफूले गरेको मात्र सही र अरूले गरेको सबै बेठीक भन्ने नेताहरुको द्रृष्टिदोषका कारण तल्लो तहका कार्यकर्तामा चरम निराशा छाएको उहाँको तर्क छ।

पार्टी विधि सम्मत ढंगले अघि बढाउन सके सोलुखुम्बुमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गर्दै नेता कार्कीले तत्काल हुन लागेको पार्टीको क्रियाशील सदस्यता वितरण योग्यता पुगेका सबै कार्यकर्ताले विना भेदभाब पाउनुपर्नेम जोड दिनुभयो।

कार्यक्रममा कांग्रेस नेताहरू राम बहादुर बस्नेत, आङ छिरिङ शेर्पा, चोलेन्द्र कार्की, राजन बस्नेत, मनोज खड्का, डोल्मा तामाङ, चुङ्बा शेर्पा, शिक्षक महासंघका अध्यक्ष लाल प्रसाद बास्तोला लगायतको उपस्थिति रहेको नेविसंघ नेता दिनराज बाँस्तोलाले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार