काठमाडौं । महाधिवेसनको मुखमा नेपाली कांग्रेसले आफ्ना नौवटा म्याद थप गर्ने निर्णय गरेको छ ।
म्याद सकिएका ती नौ भाृत संगठनहरुको आगामी कार्यसमितिको बैठकले अनुुमोदन गर्ने गरी सभापति शेरबहादुर देउवाले छ महिनाका लागि म्याद थप गरिदिएका हुन् ।
म्याद थप भएका संघहरुमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकूर समाज रहेका छन् ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गरी यी संघहरुको म्याद थपिएका जानकारी गराएका छन ्।
कांग्रेसले आगामी फागुनमा महाधिवेशनको तयारी गरेको छ ।