सोलुखुम्बु । नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्की आसन्न जिल्ला अधिवेशन, सम्बन्धित गाउँपालिकाको भावी कार्ययोजना, क्रियाशील सदस्यता वितरण र नविकरणका सन्दर्भमा राजधानीमा विभिन्न छलफल कार्यक्रममा सक्रिय भइरहनु भएको छ ।
केहीदिन अघि खुम्बुपासाङल्हमू गाउँपालिकाका स्थानीय नेता तथा कार्यकर्ताहरुसँग समग्र विषयमा छलफल गर्नुभएका कार्कीले शनिबार महाकुलुङ गाउपालिकाका राजधानीमा उपलब्ध नेता कार्यकर्ताहरुसँग भावी कार्ययोजना, वितरण हुने चरणमा रहेको क्रियाशिल सदस्यता र निकट भविष्यमा हुने वडा, गाउपालिका, प्रदेश, जिल्ला अधिवेशनलगायतका बिषयमा छलफलको आयोजना गर्नुभएको छ ।
छलफल कार्यक्रममा बोल्दै उहाँले कांग्रेसलाई मजबुत बनाउन सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर लाग्नुपर्ने बताउनुभयो । आफू कार्यकर्ताको भावना बुझेर काम गर्ने भन्दै पदको लोभले राजनीतिमा नलागेको स्पष्ट पार्नुभयो ।

छलफलमा महाकुलुङका नेता कार्यकर्ताहरुले काँग्रेस नेतालाई एकजुट बनाउन सबैले दबाब दिनुपर्ने बताएका छन् । महाकुलुङलाई अबको अधिवेसनमा समान सहभागिता गराउनुपर्ने उनीहरुको माग छ ।
कार्यक्रममा कांग्रेस नेताहरू रामबहादुर बस्नेत, सुर्य कुलुङ, राजन बस्नेत, मनोज खड्का, डोल्मा तामाङलगायतका नेता तथा दर्जनौँ स्थानीय कार्यकर्ताहरुको उपस्थिति रहेको नेविसंघ नेता दिनराज बाँस्तोलाले जानकारी दिनुभयो।
