उपत्यकामा कोरोनाको जोखिम बढेपछि सिंहदरबार प्रवेशमा कडाइ

काठमाडौं उपत्यकालगायत देशभर कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाई गरिएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि सावधानिका लागि आजदेखि सिंहदबारमा अत्यावश्यक बाहेकका व्यक्तिको प्रवेशमा कडाई गरिएको सिंहदरबार गण प्रहरीले जनाएको छ । त्यसका लागि अस्थायी पास बन्द गरिएको प्रहरीको भनाइ ।

सिंहदरबार भित्र कार्यरत कर्मचारी, अत्यवाश्यक काम लिएर पुग्ने व्यक्ति, प्रेस पास लिएका पत्रकारलाई मात्रै प्रवेश दिइएको जनाइएको छ । भिडभाड कम गरी संक्रमणको जोखिम कम गर्नका लागि संसदीय समितिको बैठक पनि केही समय नडाक्ने गरी तयारी भएको बताइएको छ ।

काठमाडौँ उपत्यकामा लकडाउन खुलेपछि संक्रमणदर बढ्दो क्रममा छ । हिजो मात्रै ६२ जनामा संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार