नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन विष्णु रिमालको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् रिमालले यस्तो उल्लेख गरेका हुन् । उनले प्रवक्ता श्रेष्ठले विधि र पद्दतीको नक्कली गीत गाएको र नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक बनेको आरोप लगाएका छन् ।

“कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । विधि र पद्दतीको नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् । पार्टी एकताविरुद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस । मुलुक संवेदनशील मोडमा छ महसुस् होस् ।’ रिमालले लेखेका छन् ।

Enough is enough @nksthaprakash जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!
पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !!
मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!

— Bishnu Rimal (@BishnuRimal) August 7, 2020

radionrn bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार