मास्क नलगाए जेल, भिडभाड गरे कारबाही, के हो सरकारले भनेको सटडाउन ?

संक्रमण फैलिएसँगै काठमाडौं उपत्यकामा कोरोना रोकथाम तथा नियन्त्रणको मोडालिटी परिमार्जन गरिएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले भिडभाडका कारण कोरोना फैलिएको निष्कर्ष निकाल्दै रोकथामको मोडालिटीमा कडाई गरेको हो। 

कोरोना संक्रमणको पहिलो औषधि भिडभाड भएकाले उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सटडाउन गर्ने निर्णय गरिएको काठमाडौं ज जिल्लाका प्रमुख जिल्ला अधिकारि जनकराज दाहालले बिजपाटीलाई बताए। उनकाअनुसार सटडाउन भनेको जिल्ला प्रशाशन कार्यलयबाट वितरण हुने अत्यावश्यक बाहेकका सेवाहरु पर्ने प्रजिअ दाहालले बताए। 

‘नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण लगायतका त्यस्ता सेवा जुन अहिले नहुँदा पनि सर्वसाधारणलाई केहि फरक पर्दैन त्यसता सेवा बन्द गर्ने निर्णयलाई सटडाउन भनिएको हो’ प्रजिअ दाहालले भने।

भिडभाड गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने मात्र नभई कैदको सजाय सम्म गर्न सकिने भन्दै प्रजिअ दाहालले कैद पनि गर्नुपरे गर्ने बताए। त्यस्तै नीजि अस्पताललाई आइसोलेशन सेन्टर बनाउने र क्वारेन्टाइनलाई थप व्यवस्थित गर्नलाई समेत सिसिएमसीमा अनुरोध गरिएको प्रजिअ दाहालले बताए। 

नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण लगायतका त्यस्ता सेवा जुन अहिले नहुँदा पनि सर्वसाधारणलाई केहि फरक पर्दैन त्यसता सेवा बन्द गर्ने निर्णयलाई सटडाउन भनिएको हो’

-प्रजिअ जनकराज दाहाल

प्रोटोकल पालना गरे नगरेको स्पष्ट रुपमा हेर्ने बताउदै लकडाउनको सम्भावना नभएकाले मोडालिटी मात्रै परिवर्तन गरेको प्रजिअ दाहालले बताए। आर्थिक कारोबारलाई निरन्तरता दिनका लागि पनि मोडालिटी परिवर्तन गरिएको प्रजिअ दाहालले बताए। 

मोडालिटी परिवर्तनले पनि कोरोना संक्रमण फैलिन नरोकिए लकडाउन वा त्यस्तै कठिन निर्णय लिन समेत आफुहरु पछि नपर्ने बताउदै प्रजिअ दाहालले कोरोना नियन्त्रणमा नआए सरकारले कडा कदम चाल्ने संकेत गरेका छन्। source : bizpati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार