शेर्पा केन्द्रीय सदस्यमा मनोनीत

सोलुखुम्बुमा। नेपाली काँग्रेस सोलुखुम्बुका युवा नेता कर्मा शेर्पा नेपाली कांग्रेसको वन, वातावरण तथा विपद ब्यवस्थापन विभागकाे केन्द्रीय सदस्यमा मनोनीत हुनु भएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शेर्पालाई उक्त पदमा मनोनित गर्नु भएको हो। मनोनयनपछि शेर्पाले अाभार प्रकट गर्दै विश्वास गरेर दिएकाे जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने अठाेट व्यक्त गर्नुभयो ।

पार्टीको नीति अनुरुप सक्रियताका साथ विभागीय जिम्मेवारी पूरा गर्नु आफ्नो दायित्व भएकोउहाँको भनाइ छ। शेर्पा विगत लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशील रहँदै समाज सेवामा सक्रिय हुनुहुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार