उपत्यकामा अहिलेसम्मकै धेरैमा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमित फेला परेका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाको तीन जिल्लामा १३४ जना कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको हो । सोमबार काठमाडौं उपत्यकाको तीन जिल्लामा परीक्षण गराएकामध्ये मात्र ४४ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाको काठमाडौंमा मात्रै ११० जना सङ्क्रमितको पुष्टि भएको छ । ललितपुरमा १६ र भक्तपुरमा आठ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौं उपत्यकामा यसअघि सबैभन्दा बढी साउन २३ गते १०६ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । तर पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा पछिल्लो पटक सबैभन्दा धेरै सङ्क्रमित फेला परेको संख्याभन्दा बढी काठमाडौं जिल्लाको रहेको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला–टेकुमा काठमाडौंका २८ जना, ललितपुरका एक र भक्तपुरका चारजनामा सङ्क्रमणको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल–टेकुमा काठमाडौंका २० जना र भक्तपुरका दुई तथा त्रिवि शिक्षण अस्पताल–महाराजगञ्जमा काठमाडौंका १३, ललितपुरका एक र भक्तपुरका एकजना सङ्क्रमित पुष्टि भएको छ । पाटन अस्पताल, ललितपुरमा काठमाडौं र ललितपुरका आठ आठ जना तथा स्टार अस्पताल–सानेपामा काठमाडौंका १४ र ललितपुरका एकजनामा सङ्क्रमणको पुष्टि भएको छ ।

बीआईडीएच ल्याबमा काठमाडौं र ललितपुरका दुई दुई जना, नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका चार जना र भक्तपुरका एक, वीर अस्पतालमा काठमाडौंका तीन जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका पाँच, काठमाडौं मेडिकल कलेजमा काठमाडौंका दुई तथा हयाम्स अस्पतालमा काठमाडौंका आठ र ललितपुरका एकजनामा सङ्क्रमणको पुष्टि भएको छ ।
वीरेन्द्र अस्पतालमा काठमाडौंका तीन तथा भेरी अस्पताल–नेपालगञ्जमा ललितपुरका दुईजनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार