कुन युगमा मानिस कति वर्ष बाँच्थे

महर्षि वेद व्यासको अनुसार सत्य युग, त्रेतायुग, द्धापरयुग र कलियुग हुन्छन्, जहाँ देवताहरुको बाह्र हजार दिव्य वर्ष बराबर हुन्छ । समस्त चर्तुयुग यस्तो हुन्छ । आरम्भ सत्ययुगबाट भएर अन्त्य कलियुगमा हुन्छ । कुनै पनि जन्ममा आफुले गरेको कर्म अनुसार आत्माले अर्को शरीर धारण गर्दछ ।

हिन्दु धर्मको ग्रन्थ अनुसार अपरिवर्तनिय हुन् वा कुनै पनि युगमा यीनीहरुमा कुनै परिर्वतन हुँदैन । सत्ययुग, द्धापरयुग, कलियुग मा कुनै न कुनै भगवानले जन्म लिन्छन् ।

सत्ययुगः सुत्ययुगको लागि भगवान रामले रावणको हत्या गर्न जन्म लिएका थिए किनकी उक्त समयमा धरतीमा पाप बढ्दै गएको थियो । सत्ययुगमा आत्माहरुको वास हुन्थ्यो जस्तो हरेक शरीरको अन्त्य हुन्छ ठिक त्यसरी नै एक समय आत्माको पनि अन्त्य हुन्छ ।

सत्ययुगको १७ लाख २८ हजार पछि अन्त्य भएको थियो । यस युगमा सामान्य मानिसहरु १ लाख वर्ष बाच्न सक्थे । कद ३२ फुट लम्बाई हुन्थ्यो । यो युगमा मानिस आफ्नो इच्छा अनुसार मर्न सक्थे । त्रेतायुगमा हिन्दुधर्ममा श्रीराम, श्रीविष्णुको १० अवतारमा सातौ अवतार हुन् । तर यो रहस्य धेरै कम मानिसलाई मात्र थाहा छ श्रीरामको मृत्यु कसरी भयौ ?

त्रेतायुगः चार युगमा हनुमान एकजना मात्र यस्ता भगवान हुन् जो सधै अमर हुन्छन् । त्रेतायुगमा हनुमानले भीमलाई चार युगको बारेमा बताएका थिए, कि कुन युगमा के भएको थियो । त्रेतायुग ४ लाख ३२ हजार वर्षको थियो, जसमा एक सामान्य मानिस १० हजार वर्षसम्म बाच्न सक्थ्यो ।

द्वापरयुगः जब द्धापरयुगमा गंधमादन पर्वतमा महाबली भीमसेन हनुमानलाई भेटेर भने, मलाई तपाइँले शिष्य बनाएर ज्ञान दिनुस । तब हनुमानले भने भीमसेन सबैभन्दा पहिला सत्ययुग आयो त्यतिबेला जसले मनले जे चाहान्थ्यो त्यो पुग्थ्यो । यसैले उक्त युगलाई सत युग (क्रेता युग) भनिन्थ्यो । त्यसपछि त्रेता युग आयो । त्रेता युगमा मानिसहरु कर्म गरेर कर्मको फल प्राप्त गर्नेमा परिर्वतन भयो । द्वापर युगमा वेदलाई ४ भागमा विभाजन भयो धर्मको मार्गबाट मानिसहरु भटकिन थाले । अधर्म बढ्न थाल्यो । अब कलियुग आउछ उक्त कलियुगमा धर्म सकिनेछ, मानिसहरुको इच्छा अनुसार फल प्राप्त हुनेछैन् । चारैतिर अधर्मले वास गर्नेछ । अर्धमको साम्राज्य हुनेछ ।

द्वापरयुग ८६ लाख ४ हजार वर्षको थियो । जसमा १ हजार वर्षसम्म मानिस बाच्न सक्थ्ये । जब धर्तीमा पाप बढ्दै जानेछ तब मानिसको बाच्ने इच्छा पुर्ति कम हुनेछ । द्धापर युगमा भगवान विष्णुले श्रीकृष्णको अवतार लिएर कंसको बध गरेका थिए ।

कलियुगः कलियुगमा एक आत्माको जन्म ८४ पटक हुने मानिएको छ र उसको उमेर १ सय वर्ष सम्म हुन्छ । यस युगमा मानिसले पर्यावरणलाई तहन नहस गर्नेछन् र यस युगमा मानिसको इच्छा पुरा हुने सम्भावना न्युन हुन्छ र पापको भागिदार बन्नेछन् । कलियुगको अन्तिम कालमा भगवान विष्णुले कल्कि अवतार लिनेछन् । विष्णुले विष्णुयशा नामको ब्राहणको घरमा जन्म लिनेछन् । भगवान कल्कि धेरै अग्लो घोडामा चढेर आफ्नो विशाल तलवारले अधर्मिको नाश गरिदिने छन् । कलियुगको अन्तिममा केवल २ दिनमा पृथ्वीबाट समस्त अधर्मिको नाश गर्ने बताइएको छ । यसको युगको अन्तिम समयमा धेरै ठुलो वर्षा हुने, जसमा चारैतिर पानी पानी हुनेछ । समस्त पृथ्वीभरी पानी पानी भई प्राणीहरुको अन्त्य हुने छ । यसपछि भने एकैपटक १२ सुर्य उदय हुने र तेज प्रकाशले सारा पृथ्वी सुख्खा हुनेछ । धार्मिक ग्रन्थको सहयोगमा-reportersnepal.com bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार