काङ्ग्रेस नेता शेर्पाद्वारा बाढीपहिरोबाट विस्थापित २४ परिवारलाई खाद्यान्न सहयोग

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके–४ मा अविरल बर्र्षाका कारण बाढी पहिरोबाट विस्थापित भएका २४ परिवारलाई नेपाली काङ्ग्रेसका युवा नेता तथा नेपाली काङ्ग्रेस प्रदेश (ख) का सभापति कर्मा शेर्पाले खाद्यान्न सहयोग गर्नुभएको छ ।

नेपाली काङ्ग्रेसको केन्द्रीय वन वातावरण तथा विपद ब्यवस्थापन विभागमा भर्खरै मनोनयन गरिएपछि पार्टीले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा शिरोधार गर्दै सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा केही दिन अगाडी पहिरोको विपदबाट विस्थापित २४ परिवारलाई खाद्यान्न उपलब्ध गराएको शेर्पाले सामाजिक सञ्जाल मार्फत बताउनुभएको छ ।

अब समय धेरै परिवर्तन भइसकेको छ, जनताहरू बुझ्ने भइसकेका छन्, जनताले नेताहरुसँग आशा र भरोसा गरेका हुन्छन् र नेता भनेको हरेक दुःखसुखमा साथ दिनुसक्नु पर्छ –शेर्पाको भनाइ छ । शेर्पाले सम्पूर्ण विस्थापित परिवारप्रति मेरो गहिरो सहानुभूति व्यक्त गर्दै आजको समयमा राजनीति भनेको व्यवसाय र पेशा नभई जन सेवा हुनुपर्ने उहाँले बताउनुभयो ।

नेपाली काङ्ग्रेसका पूर्व सभापति आङगेलु शेर्पाको प्रमुख आतिथ्यता तथा स्थानीय काङ्ग्रेसका नेता मार्फत सहयोग गरेको बताइएको छ । विपदमा परेकालाई राहत वितरणमा आर्थिक सहयोग गरिदिएकोमा स्थानीय नेता सुरज बस्नेतले धन्यवाद दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार