पहिरोमा १३ घर पुरिए, १५ जनाको उद्धार, पाँच परिवार बेपत्ता

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ स्थित लिदीगाउँमा शुक्रबार विहान गएको पहिरोमा १३ घर पुरिएका छन् ।

सो पहिरामा परेका १३ घरका बासिन्दा मध्ये १५ जनामा पहिरोबाट बाहिर आउन सफल भएका छन् भने पाँच परिवारका सदस्य हराइ रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताउनुभयो ।

घटनास्थल दुर्गममा भएकाले उद्धारमा पैदल जान कठिनाइ भएकाले हेलिकोप्टर बोलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार