सोलुखुम्बुमा पहिलो पटक बन्यो ‘गजबको लभ स्टोरी’ (भिडियो सहित)

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक युटुब सिरिज ‘गजबको लभ स्टोरी’ निर्माण तथा प्रिमियर भएको छ । ‘स्कुल अफ लाइफ’ युटुब च्यानलबाट सिरिजको रुपमा डिजिटल बजारमा शुक्रबार सदरमुकाम सल्लेरीमा एक कार्यक्रमको अयोजना गरी पहिलो भाग प्रिमियर गरिएको हो ।

सल्लेरी आसपासमा छायाङ्कन गरिएकोे सिरिजमा मुख्य कलाकारको भुमिकामा बारिस सोना, समिता तामाङ र मिङमाल्हमु शेर्पा रहेका छन् । आगामी भागमा जीवन थापा, इमान राई, छिरिङ शेर्पा, दावारिन्जी शेर्पा, ममता राई, अन्जना श्रेष्ठ, स्लेसा राजभण्डारी, पासाङडोमा तामाङ र जक्स तामाङ लगायतका कलाकारहरुको भुमिका पनि रहने बताइएको छ ।

राजु श्रेष्ठको कथामा निर्माण भएको सिरिजको सुनिल गुरुङले निर्देशन गर्नुभएको छ । सह–निर्देशकको भूमिका आसिस तामाङले गर्ने जनाइएको छ । शिर्ष गायन एवं संगीत विशेष खालिङ र सागर राजभण्डारीको रहेको छ । सिनेम्याटोग्राफर आप्पा शेर्पा, प्रोडक्सन डिजाईनर एलिसा मगर र ‘ज्ञानी ज्ञ’को प्रोडक्सन रहेको छ ।

बटम थिचेर वेब सिरिज उद्घाटन गर्दै सोलुदूधकुण्ड नगरपालिकाका नगरसभा सदस्य सरस्वती कार्कीले राम्रो कामको शुरुवात भएको भन्दै सफलताको शुभकामना दिनुभयो ।

त्यस्तै, विशिष्ट अतिथि सोलु हेल्थ केयरका प्रबन्ध निर्देशक डाक्टर राजेन्द्र बस्नेतले आफूसँग भएको कुरा कलाकारितामार्फत दर्शकको वास्तविक जीवनमा सम्बन्धित बिषयबस्तु प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले सोही अवसरमा दस हजार रुपियाँ नगद सहयोग समेत गर्नुभयो ।

सोही क्रममा हिमाल एफएमका स्टेसन म्यानेजर शिखरजंग श्रेष्ठले शुरुवात भन्दा निरन्तरता प्रमुख कुरा भएको भन्दै कलाकारितामार्फत विकृृती नभई संस्कृतिको विकास गर्नुपर्ने सुझाव दिनुभयो । त्यस्तै, सोलु एफएमका प्रमुख नुतन श्रेष्ठले टिकेर काम गर्न सक्दा धेरै सम्भावना रहेको धारणा राख्नुभयो ।

गीतकार सङ्घ केन्द्रीय सदस्य सुवाससंगम राईले सोलुखुम्बुमा धेरै विषयवस्तु भएकाले समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिकाका अध्यक्ष तेजराम परियार, गायक विशेष खालिङलगायतले बोल्दै दुर्गम जिल्लामा यूवाहरुले राम्रो धारणा ल्याएको भन्दै सफलताको कामना गर्नुभयो ।

सिरिजका बारेमा प्रष्ट पार्दै निर्देशक सुनिल गुरुङले पछिल्ला पुस्ताका युवा पिँढीले माया पिरतीका नाममा परिवार त्याग्ने, आफ्नो क्यारियरलाई बिर्सेर प्रेममा एकोहोरो हुने क्रम बढेकाले त्यस्ता कुरालाई चेतनामुलक तरिकाले सन्देस मार्फत सचेत गराउने उद्धेश्य रहेको बताउनुभयो । नाटकका माध्यामबाट माया पिरतीका कुरा मिसाएर सकरात्मक सोचको विकास गर्ने मुख्य ध्येय राखिएको स्पष्ट पार्नुभयो ।

नगद सहयोग गर्दै सोलु हेल्थकेयरका प्रबन्ध निर्देशक डाक्टर राजेन्द्र बस्नेत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार