वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च सोलुखुम्बुको अध्यक्षमा राई

सोलुखुम्बु । वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च सोलुखुम्बुको अध्यक्षको जिम्मेवारी मिलनकुमार राईलाई दिइएको छ। मञ्चका केन्द्रीय अध्यक्ष निलकण्ठ रिजालले राईलाई बुधबार उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो।

लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने, लोकतन्त्रमा नै समुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्दै जननायक वी. पी. कोइरालाबाट व्यक्त विचार, प्रतिपादित नीति र अवधारणालाई गाउँ गाउँमा पुर्‍याउने उद्देश्यले गठित मञ्चको जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।

अध्यक्ष राईले जिम्मेवारीलाई सबैको सल्लाह, सुझाव र सहयोगबाट पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार